काठमाडौ /नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने एजेण्डामा छलफल चलिरहेको छ ।
बैठकले बिहीवारको स्थायी कमिटी बैठकले गरेको निर्णयको अनुमोदन गर्ने पनि जनाइएको छ ।
हिजो ससेको नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड र संख्या निर्धारण गरेको थियो ।
स्थायी कमिटीले बैठकले १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । एमालेले मंसिर १० देखि १३ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्दै छ ।
प्रतिक्रिया