प्रधानमन्त्री देउवा बेलायत प्रस्थान,यस्तो छ कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गर्नुभएको छ । नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीको २६ औं सम्मेलनको वल्ड लिडर समिटका लागि प्रधानमन्त्री देउवा त्यसतर्फ जानुभएको हो ।

उहाँलेले वल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। साथै उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने वताइएको छ। प्रधानमन्त्री देउवा कात्तिक १८ मा स्वदेश फर्किने कार्यक्रम छ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरेका थिए ।