खाली पेटमा नखानुस् यी कुरा स्वास्थ्य बिग्रन सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

केही यस्ता खानेकुरा छन् जुन खाली पेटमा खाएमा स्वास्थ्यमा नराम्रो असर पर्छ । आयुर्वेदका अनुसार, जतिसुकै भोक लागे पनि स्वास्थ्यमा असर गर्ने यी चिजहरू खानु हुँदैन।

अम्बा
अम्बा एक यस्तो फल हो, जुन फरक फरक परिस्थितिमा खाँदा अलग अलग परिणाम दिन्छ । जाडोमा बिहान खाली पेटमा अम्बा खाँदा पेट दुख्ने समस्या हुन्छ ।

स्याऊ
जाडोमा खाली पेटमा स्याउ खाँदा रक्तचाप बढ्न सक्छ, तर गर्मीमा खाली पेटमा स्याउ खाँदा केही फरक पर्दैन ।

टमाटर
टमाटर जाडो मौसममा खाली पेटमा खान सक्नुहुन्छ, तर गर्मीको मौसममा यसो गर्दा पेट वा छातीमा जलन हुन सक्छ। बिहान टमाटर खानबाट बच्नुपर्छ।

चिया कफी
खाली पेटमा चिया वा कफी पिउनु हुँदैन । बिस्कुट, रोटीसँग चिया वा कफी लिन सकिन्छ । धेरै भोक लागेको बेला चिया वा कफि खाँदा यसले ग्यास निम्त्याउन सक्छ।

दही
कोहीकोही व्यक्तिका लागि दहीले फाइदाको सट्टा हानि गर्दछ। यस्तो स्थितिमा, दही बिहान खाली पेटमा टाढा रहनु पर्छ ।