काठमाडौ /जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भुभागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भुभागका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती पनि देशको पहाडी भुभागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया