संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार मध्यराति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

अव प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने छ । आज बसेको प्रतिनिधिसभा एमालेको अवरोधका कारण कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरूद्ध गरेपछि संसदले निर्वाध रुपले छलफल गर्न पाएको थिएन ।