सरकारले गर्यो तीन देशका लागि राजदूत सिफारिस, को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत सिफरीस गरेको हो ।

सरकारले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले वताए ।

मन्त्रिपरिषदले सिफारिस गरेको नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासमा नेपाली राजदूतको नेतृत्व हुनेछ ।

राजदूत नियुक्तिका सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल भएको थियो । छलफलमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

सिफरीसमा परेका ज्ञानचन्द्र आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए । उनी राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। त्यस्तै श्रीधर खत्री राजनीतिशास्त्रका प्राध्यापकहुन् । साथैे उनी परराष्ट्र मामिलाविज्ञ पनि हुन् । त्यस्तै डा. शंकर शर्मा पूर्व अमेरिकी राजदूत हुन् ।