शेयरमा सुधार देखियो, साताका पाचौं दिन पनि उच्च वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ /सेयर कारोबार हुने साताको अन्तिम दिन पनि नेप्से उच्च अंकले बढेको छ । लगातार पाँचौ दिन सम्म दोहोरो अंकले बढ्को सेयरमा सुधार देखिन थालेको छ ।

आज नेप्से १३ दसमलव चार अंकले बढेर २७ सय ८२ दसमलव १६ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४२ अंकले बढेर पाँच सय २० दसमलव ९८ अंकमा चढेको छ ।

आज दुई सय २२ वटा कम्पनीहरुको ५९ हजार एक सय ४० पटकको कारोवारमा ९२ लाख ३६ हजार छ सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार छ सय २८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ९५ अंकले घटेर १८ सय ९३ दसमलव ६० अंकमा पुग्दा जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन । बिकास बैंक समुहको सुचक भने ५० दसमलव ५७ अंकले बढेर ५१ सय ६९ दसमलव ९९ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, अन्य, लघुुबित्त र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा रिडी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेशनल हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ ।