चाणक्य नीतिका यी कुरा फलो गर्नुस्, जीवन सफल बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

चाणक्य प्राचीन समयका एक महान दार्शनिक हुन् । उनी सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

उनले मानिसको जीवनमा अत्यन्तै उपयोगी हुने विभिन्न नीति तथा नियम बनाएका थिए । जुन आज पनि उत्तिकै सान्दर्भीक छन् । उनले बनाएका यी कुराको अनुशरण गरेमा जीवन सुन्दर बन्छ ।

मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ ।

मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्।

मानिसले सुखका दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ रु यसकै आधारमा काम गर्नुपर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नुहुँदैन् ।

मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। आफ्नो आय–व्यय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाई अनुसार खर्च र आर्थिक तागत बमोजित योजना गर्नुपर्छ ।