सुनको भाउ कति होला आज?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ आज नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एकैपटक ६०० रुपैयाँ घटेर कारोबार भएको सुनको भाउ बिहीबार ४०० रुपैयाँ बढेको हो ।

बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार भने ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार ९०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यता, चाँदीको भाउ भने स्थिर देखिएको छ । यो चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।