एमालेको स्थायी कमिटी बैठक आज, के छन् एजेण्डा?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै छ ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा आज छलफल गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।

एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ।

एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। सो महाधिवेशनको मापदण्ड र कार्यतालिकालगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने जनाइएको छ ।