काठमाडौ /प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ वताइएको छ।
सो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नुहुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ । अझै पनि संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन ।
प्रतिक्रिया