कार्तिक १०, काठमाडौं।
‘सोहरईया’ अर्थात दीपावलीको स्वागत गर्न मधेश आतुर देखिएको छ। कोरोना भाईरसले गर्दा पछिलो पटक ‘सोहरईया'(दीपावली) मनाउन नसकेको मधेशमा यतिबेला ‘सोहरईया’को स्वागतमा महिला पुरुष व्यस्त देखिन्छन। पक्कि घर हुनेहरुले रंग रोगन गर्न व्यस्त छन् भने फुसको घर अर्थात कची घर हुनेहरु माटोले लिप पोत गर्न व्यस्त छन्। प्रदेश २ को पर्सा देखि महोत्तरी सम्मका गाउँहरुमा घर वरिपरिको झारपात सफा गर्ने देखि ,परम्परागत डेहरि (चामल राख्न घर भित्र बनाईएको सानो आकारको भकारी ) समेत मर्मत तथा लिपपोत गर्न सुरु गरिसकेको देखिएको छ। प्रस्तुत छ तिनै तयारीका केहि छलकहरु।






प्रतिक्रिया