नेप्से १८ अंकले बढ्दा यी समुहको सुचक पनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ पछिल्ला दिन लगातार बढेको नेप्से आज पनि दोहोरो अंकले बढेको छ । आज बुुधबार नेप्से १८ दसमलव छ अंकले बढेर २७ सय ६९ दसमलव १३ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ४९ अंकले बढेर पाँच सय १६ दसमलव ५६ अंकमा चढेको छ ।

दुुई सय २८ वटा कम्पनीहरुको ७५ हजार छ सय १२ पटकको कारोवारमा एक करोड १५ लाख ९२ हजार दुुई सय ३५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ६१ करोड २६ लाख ४८ हजार आठ सय ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहले गुमाएकाछन भने आठ वटा समुहले कमाएका छन् । लगानी समुहको सुचक भने आज स्थिर देखिएको छ । आज बाँणिज्य बैक समुहको सुचक १३ दसमलव २६ अंकले बढेर १९ सय एक दसमलव ५५ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७८ दसमलव २३ अंकले बढेर १२ हजार चार सय ८९ दसमलव १९ अंकमा पुुगेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, टे«डिङ, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । बिकास बैक, जलबिद्युुत, होटल तथा पयर्टन र उत्पादनमुुलक समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट बैकको कन्र्भटेवल प्रिफरेन्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।