‘केपी शर्मा ओली संसद भंग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो’- प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली संसद भंग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको
वताउनुभएको छ । ओलीलाई संसद भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई÷दुईपटक प्रयोग गर्दा अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको
उहाँको भनाइ छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उहाँले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिनुभएका युवाहरुका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा तरुण दलका पूर्वाध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँण, खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी,तरुण दलका पूर्वाध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र यादव तथा रुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत लगाएतले आ आफ्नो धारण राखेका थिए ।