न्यायधीशको बहिस्कारकाबीच प्रधानन्यायधीशको एकल इजलास, पाँच मुद्दाको सुनुवाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ – सर्बोच्च अदालतका न्यायधीशले इजलास बहिस्कार गरेपनि प्रधानन्यायधीश चोलेन्द्र समशेर जवराले भने एक्लै पाँचबटा इजलास बाट मुद्दा फैसला गर्नुभएको छ ।

न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गर्नुभएको हा । जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी भएको छ भने एक मुद्दा तामेलीमा राखेका छन् ।

यसै्रगरी यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको वताइएको छ । जबराले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश दिनुभएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश गनुृभएको छ ।

त्यस्तै ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी गर्नुभएको छ ।

अरू न्यायाधीश भने इजलास बहिस्कार गरी प्रधानन्यायाधीशबारे धारणा बनाउन उनीहरू छलफलमा जुटेका छन्। सर्बोच्चका १५ न्याधीशले हिजो प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए।

यता नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो। राणाले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने बारले चेतावनी दिएको छ। प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने वताउनुभएको छ ।