सुनको भाउ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ – आज बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।