कस्तो रहला आजको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार २०७८ कार्तिक १० गते बुधबार दिउँसो देशको पहाडी भु भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

त्यस्तै राती देशको पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ। पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।