मंगलबार ७८ अंकले बढ्यो नेप्से, ६ अर्व ३१ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ आज मंगलबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ७८ दसमलव ८२ अंकले बढेर २७ सय ५१ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव पाँच अंकले बढेर पाँच सय १६ दसमलव सात अंकमा चढेको छ । दुई सय २७ वटा कम्पनीहरुको ७२ हजार नौ सय ७३ पटकको कारोवारमा एक करोड १४ लाख ८६ हजार एक सय २३ कित्ता सेयर किनबेच भएकाछन भने आज कुुल कारोवार रकम छ अर्ब ३१ करोड ८३ लाख ४० हजार नौ सय ३२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा आज १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहकको सुचक ४५ दसमलव एक अंकले बढेर १८ सय ८८ दसमलव २९ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ३६ दसमलव ६६ अंकले बढेर २५ सय ७१ दसमलव ७६ अंकमा चढेको छ । यसबाहेक बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमाm टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साना किसान बिकास लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने कामना सेवा बिकास बैंक परेको छ ।