रेडियो सान्वी प्रथम म्युजिक अवार्ड २०७८ आयोजना हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक ०९,पर्सा।
पर्साबाट संचालित रेडियो सान्वीले प्रथम म्युजिक अवार्डको आयोजना गर्ने भएको छ। ‘रेडियो सान्वी प्रथम म्युजिक अवार्ड २०७८’ नामक अवार्ड आउदो कार्तिक २२ गते आयोजना गर्ने रेडियोका कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिनुभएको छ। स्थानीय कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र देशै भर स्थापित गर्न साघाउने अभिप्रायले म्युजिक अवार्ड आयोजना गर्न लागिएको उहाँले बताउनु भयो।

पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित प्रकार सम्मेलनमा बोल्दै उहाँले ,”संगीत क्षेत्रमा सुनौलो भविष्य खोजिरहेका स्थानिय कलाकारहरुको कामको मुल्यांकन गर्दै विभिन्न १० विद्यामा उत्कृष्ट कलाकार सम्मानित गरिने छ। ‘ भन्नु भयो।

चलचित्र पत्रकार संघ पर्सा शाखाले विद्या छनौट तथा अन्य प्राविधिक सहयोग गर्ने चलचित्र पत्रकार संघ पर्सा शाखाकि अध्यक्ष निलिमा पौडेलले घामछायाँ संगको फोन सम्पर्कमा बताउनु भयो। रेडियो सान्विले आयोजना गरेको यो सांगीतिक अवार्ड नै स्थानीय स्तरमा पहिलो र महत्वपुर्ण अवार्ड भएको कलाकार अजमत अलिको भनाई छ।

पिसी मिडिया द्वारा संचालित रेडियो सान्वी ९६. मेगाहर्ज पछिलो २२ महिना देखि निरन्तर प्रसारणरत रहेको छ।