कस्तो होला आजको दिन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज मिति २०७८ साल कात्तिक ९ गते, मंगलबार । इश्वी सन् २०२१ अक्टोवर २६ । शकसंवत् १९४३ । नेपाल संवत् ११४१ कौलागा ।

मेषः मनमा उत्साह थपिनेछ । भेटघाटले खुसियाली साटासाट गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ। राजनैतिक किचलो बढ्नेछ ।

वृषः आर्थिक क्षेत्रमा सुधार आउनेछ । अध्ययनमा रुचि कम हुनेछ । हनुमान चालिसा पाठ तथा हनुमानको दर्शन गर्नाले आँटेको काम पुरा हुनेछन् ।

मिथुनः अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । सन्ध्याकालमा भोजभतेरमा सहभागि हुनुहुनेछ । दाजुभाईको सहयोग प्राप्त हुनेछ ।

कर्कटः सामान्य कुराले ठूलो विवाद ल्याउनेछ । कम बोल्नु होला अध्ययनको लागि यात्रा गर्ने योग छ । बुबा आमासंग सम्पर्कमा रहनु होला ।

सिंहःआर्थिक तथा सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ । सोचेअनुसार कार्य सम्पन्न हुनाले मनमा उत्साह थपिनेछ । चराचुरूङ्गी लाई चारो दिनुहोला ।

कन्याः प्रेम मिलन हुनाले निकै उत्साह थपिनेछ भने व्यपारिक वर्गको लागि सोचेअनुसार दिन रहने छैन । कुकुरलाई खुवानु तथा भैरव दर्शन गर्नाले राम्रो हुनेछ ।

तुलाः महत्वपूर्ण भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागि हुने अवसर मिल्नेछ । राजनैतिक क्षेत्रमा धोका हुनसक्ने छ । बोल्दा विचार गर्नुहोला ।

वृश्चिकः बोलिको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । खानपिनमा ध्यान दिनुहोला ।

धनुः मित्रवन्धुलाई आर्थिक सहयोग गर्नपर्ने हुन्छ । पारिवारिक भेटघारमा व्यस्त भइने छ । शत्रु बढ्नेछन निकै सजग रहनु होला ।

मकरः दाजुभाइसंग पैतृक सम्पतिमा विवाद उत्पन्न हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । दिन समग्रमा शुभ नै रहनेछ ।

कुम्भः आर्थिक समृद्धि हासिल गरिनेछ । आमा बुवाको कृपा आशिर्वाद प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मीनः सामाजिक क्षेत्रमा सहयोगको लागि दिन त्यतै वित्नेछ । प्रेमि तथा प्रेम मिलन हुनाले मनमा उत्साह थपिनेछ । खानपिनमा ध्यान दिनुहोला। न्यूज२४ टि.भि बाट