काठमाडौं । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने पक्षमा नेपाल बार एशोसिएसन पनि रहेको छ । कानुन व्यवसायीहरुको छाता संस्था बार एशोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेको छ ।
बारको सोमबार बसेको बारको आकस्मिक बैठकले सो निर्णय गरेको हो । निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताइएको छ ।
यसअघि पनि न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।
त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । साथै हिजोमात्र नेपाल बारको कार्यसमिति प्रधानन्यायाधीशसँग अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने, वकिलहरूलाई बरिष्ठताको उपाधि दिने र समसामयिक विषयमा छलफल गरेको थियो।
प्रतिक्रिया