नेप्से ८७ अंकले बढ्दा, चार अर्ब ३० करोडको कारोेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /आज नेप्से दोहोरो अंकले बढेको छ । आज सोमबार ८७ दसमलव ६३ अंकले बढेर २६ सय ७२ दसमलव २५ अंकमा चढेकोमा सेन्सिटिभ पनि १३ दसमलव ६१ अंकले बढेर पाँच सय चार दसमलव ५७ अंकमा चढेको छ ।

आज दुुई सय २९ वटा कम्पनीहरुको ५३ हजार सात सय ९२ पटकको कारोवारमा ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेकाले नेप्सेमा पुरै हरियाली छाएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव चार अंकले बढेर १८ सय ४३ दसमलव २८ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक दुुई सय दसमलव ८२ अंकले बढेर २८ सय ५४ दसमलव १० अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ बैंक ऋणपत्र परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज महालक्ष्मी बिकास बैंक पहिलो स्थानमा परेको छ ।