काठमाडौ / आज पनि नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।
आइतबार प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया