५१ अंकले बढ्यो नेप्से, कसले गर्यो धेरै कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /आज नेप्सेमा उच्च बृद्धि देखिएको छ । आज आईतबार नेप्से २७ दसमलव ५१ अंकले बढेर २५ सय ८४ दसमलव ५२ अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव २४ अंकले बढेर चार सय ९० दसमलव ६८ अंकमा पुगेको छ ।

दुुई सय २५ वटा कम्पनीहरुको ३८ हजार एक सय ४७ पटकको कारोवारमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच भएको छ भने कुल सेयर कारोवार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार एक सय ३५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेर बाँकी १२ वटा समुहको सुचक बढेकाछन । सो मध्ये मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव १३ अंकले बढेर १८ सय पाँच दसमलव ८८ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ६५ दसमलव १४ अंकले बढेर २६ सय ५२ दसमलव ३३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ८९ दसमलव २५ अंकले बढेर २२ सय ५८ दसमलव ६१ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्र्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मेरो माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आईसीएफसी फाईनान्स परेको छ ।