काठमाडौ /पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
मन्त्रालयकाका अनुसार कुल ९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमित ९ लाख २ हजार १ जनामध्ये ७ लाख ८५ हजार ८१३ जना निको भएका छन् भने कुल ११ हजार ३३७ जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९७.२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया