प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालकै कानुनको अधिनमा रहेर लागू हुने वताउनुभएको छ ।
बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि सुदूरपश्चिममा रहनुभएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’बताउनुभएको हो ।
उहाँले एमसीसी नेपालको हितमा रहेकोले निस्शर्त पास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो , ‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो होइन, एमसीसी नेपालको हितमा छ, निस्शर्त पास गर्नुपर्दछ ।’
५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहेको छ । तर देशको अन्तरिक कुरा नमिल्दा संसदबाट पारित हुन सकेको छैन ।
प्रतिक्रिया