कस्तो रहला आजको भाग्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१ ।

यस्तो छ आजको राशीफल

मेष . कार्यसफलता तथा सामाजिक जिम्वेवारी प्राप्त हुने छ । गणपति देवको सेवा तथा आरधना गर्नाले कार्य समस्या टरेर जाने छ ।

वृष . स्वास्थ्य समस्या बढेरजाने छ । कार्य सम्पादन पूर्ण नहुँदा मनमा पीडा बोध हुनेछ । हनुमानको ध्यान गर्नु तथा चालिस पाठ गर्न आनन्द प्राप्त हुने छ ।

मिथुन . मित्रसहयोग प्राप्त हुने छ । भने शत्रु वृद्धि हुने छन् । आफ्नो कार्यमा अगाडि बढ्नु, कुल देवताको आशिर्वाद प्राप्त हुने छ । अध्ययनमा सफलता प्राप्त हुने छ ।

कर्कट . आर्थिक लाभ हुने छ । रोकिएका कार्यहरू बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । रोजगरिका अवसरहरू प्राप्त हुने छन् ।

सिंह . प्रेम प्रेमिका विच सामान्य विवाद आउने देखिन्छ । नसोचेको व्यक्तिबाट सहयोग मिल्नेछ । आर्थिक हिनाविना हुन सक्ने छ । अति सजक रहनु होला ।

कन्या . पारिवारिक किचलो बढ्ने छ बोल्दा विचार गर्नु पर्ने छ । मित्रजनदेखि धोका पाइने छ मामाघाको सहयोगले आनन्द प्राप्त हुने छ ।

तुला . अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । माता भवानीको स्मरण गर्नाले रोकिएका कामहरु बन्नेछ । प्रेमी(प्रेमिकाबीच सम्बन्ध अगाडि बढ्ने छ ।

वृश्चिक . सोचेभन्दा राम्रो पारिवारिक मिलन हुनेछ । बोलीको प्रभाव बढ्‌नेछ । मित्र सहयोग प्राप्त हुनेछ, कमिलालाई चिनी दिनाले शत्रु परास्त हुने छन् ।

धनु . नबोलेको कुराको झुटो आरोप लाग्ने छ । भने स्वास्थ्यमा समस्या आउनसक्छ । कसैले अतिनै संयमित भएर कार्य गर्नुहोला । पुरानो प्रेमीको सहयोग मिल्ने छ ।

मकर . मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ । एक अर्काको सहयोगले आर्थिक धनलाभ प्राप्त हुने छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

कुम्भ . मनमा अनेक कुराहरु खेल्नाले दिन तनावपूर्ण बित्नेछन् । साथीभाइको सहयोग तथा सल्लाह लिनु होला बुवाआमा वा मान्यजनसँग साथै रहनुहोला।

मीन . स्वास्थ्यमा निकै ध्यान दिनु होला पेटसम्बधी समस्या आउन सक्ने छ । रोकिएको धन प्राप्त हुनाले आर्थिक सुविधा प्राप्त हुने छ । स्रोत न्यूज २४ टि.भी.