३ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ आज पनि ​सुनको मूल्य बढेको छ । बुधवार तोलामा ९१ हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० ले बढेर ९१ हजार २०० मा कारोवार भएको छ । यस अघि बुधवार तेजावी सुन रु ९० हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु २५ ले बढेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २६० तोकेको छ । यस अघि बुधवार चाँदी प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।