कोभिड महामारी अझै एक वर्ष लम्बीने देखिएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले प्रक्षेपण गरे अनुसार गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने छ।
डब्लुएचओका नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताउँदै विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने जनाएका छन् ।
रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका कारण त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ । त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन् । अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् । एजेन्सी
प्रतिक्रिया