काठमाडौ / प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली आज विहीवार बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण को लागि आज बिहीवार सुदूरपश्चिम प्रदेश जाँदैछन् ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले निरीक्षणमा जाने वताइएको छ।
भ्रमण टोलीमा काँग्रेस नेताहरू रमेश लेखक, नेता साउद र वीरबहादुर बलायरलगायत रहेका छन् ।
प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पुर्याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनेछन् ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृह प्रदेश सुदूरपश्चिम जान लागेका हुन् । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८८ जनाले ज्यान गुमाएका छन् । बुधवारमात्रै ५० जनाभन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ ।
प्रतिक्रिया