ब्याजदर घटाउन राष्ट्र बैङ्कले दिएको निर्देशन संगै ६० अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ आज बुुधबार नेप्से ६० दसमलव ५६ अंकले बढेर २५ सय ७१ दसमलव ६६ अंकमा चढेकोमा सेन्सिटिभ पनि १२ दसमलव नौ अंकले बढेर चार सय ८४ दसमलव पाँच अंकमा चढेको छ ।

नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन वाणिज्य बैङ्कहरूलाई दिएको ३ बुँदे निर्देशनले सेयर बजारमा उकालिएको हो । बैङ्कहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्‍याएपछि सेयर बजार सोमबार ६९ अङ्क र मंगलबार ७७ अङ्कले घटेको थियो ।

नेप्सेमा आज दुई सय १७ वटा कम्पनीहरुकहो ३४ हजार छ सय ४४ पटकको कारोवारमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल सेयर कारोवार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार एक सय ५५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३२ दसमलव ६२ अंकले बढेर १८ सय छ दसमलव ४० अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय आठ दसमलव ६८ अंकले बढेर २६ सय ३० दसमलव ८६ अंकमा चढेको छ ।

यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा साधना लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।