बाढीपहिरो प्रभावितको उद्धारलाई तिव्रता दिन मानवअधिकार आयोगको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी(पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले बाढी पहिरो प्रभावितहरुको खोज, उद्धार, उपचार तथा मनोसामाजिक परार्शमा तीव्रता दिन सरकारलाई आग्रह गरेको हो ।

विज्ञप्ती मार्फत आयोगले मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरे अनुरुप व्यक्तिको जीऊ धनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चिता गर्न पनि संघ, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।