काठमाडौ /आज सुनको मूल्य प्रतितोला एक सयले बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ।
छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो।
महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ रुपैयाँ पुगेको छ।
चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया