नेप्से ७७ अंकले घट्दा कसले गुमायो सबैभन्दा बढि ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ आज एकैदिनमा नेप्से ७७ अंकले घटेको छ । आज मंगलबार नेप्से ७७ दसमलव ३३ अंकले घटेर २५ सय १० दसमलव ७३ अंकमा पुुग्दा सेन्सिटिभ पनि १३ दसमलव २८ अंकले घटेर चार सय ७१ दसमलव ९१ अंकमा झरेको छ ।

दुु्ई सय २१ वटा कम्पनीहरुको ५४ हजार चार सय ५२ पटकको कारोवारमा ९५ लाख ७५ हजार छ सय एक कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम तीन अर्ब ७८ करोड ३४ लाख २२ हजार नौ सय ९५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५१ दसमलव ६६ अंकले घटेर १७ सय ७३ दसमलव ४२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय १४ दसमलव आठ अंकले घटेर ११ हजार दुई सय ५८ दसमलव २३ अंकमा झरेको छ ।

यसैगरी बिकास बैंक, जलबिद्युत, जीवन बीमा टे«डिङ, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा महुुली सामुदायिक लघुुबित्त बित्तीय संंस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।