उत्तराखण्डमा पहिरोमा परी ३ नेपाली सहित १७ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३ नेपाली सहित कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन् ।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सी