काठमाडौंं । दशैंपछि सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ ।
जवकी दसैँअघि गत असोज २५ गते छापावाल सुन प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।
महासङ्घले चाँदीको सोमबारको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।
प्रतिक्रिया