आइतबार सूर्य तुला राशीमा प्रवेश गरेको ले झगडा, राजविग्रह तथा युद्ध जस्त घटना हुने छन्। नयाँ नयाँ रोग देखा पर्नेछन् धान्यादी खाद्यवस्तुको मोल बढने छ । वैदेशिक व्यापार फस्टाउने छ । सत्तापक्ष र विपक्षमा आरोप प्रत्यारोप बढने छ । प्रतिकुल मौसमका कारण बालिनालीमा हानी हुनेछ । देश विकाशका लागि नयाँ नयाँ योजना बन्ने छन् । सर्दीजन्य रोगले जनजीवन कष्टदायी बनाउने छ । १,२ र ६ तथा ७ गते बदली र वर्षाको योग छ ।
कुन राशीलाई कात्तिक कस्तो ?
मेषराशी हुनेलाई कात्तिकमा लाभ हुने देखिन्छ भने वृष राशीकालाई पनि शत्रुनाश र सुख प्राप्त हुने देखिन्छ भने मिथुनलाई राजकीय सुख, कर्कटलाई कष्ट, सिंहलाई श्री प्राप्ति, कन्यालाई भर तथा लाभ वृश्चिकलाई व्यय, धनुलाई लाभ, मकरलाई कर्म प्राप्ति कुम्भको कान्ति क्षय तथा अन्नलाभ र मीनलाई कष्ट र व्यय हुने देखिन्छ । स्रोत ः सूर्य पञ्चाङ्ग २०७८
प्रतिक्रिया