नवनियुत्त मन्त्रीलाई माधव नेपालको अर्तीः बदनामी हुने काम नगर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द पार्टीलाई स्वीकार्य नहुने भन्दै यस कुरामा बिशेष ख्याल गर्न अर्ती दिएका छन् ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् । उनले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका हुन् ।

नेकपा(एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी छन् ।

त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले एमाले अध्यक्ष केपी ओलीसँग बिद्रोह गर्नुपरेको बताए । प्रतिनिधिसभा बिघटन गर्दै असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको उनको आरोप छ ।