उद्योग मन्त्री हमालले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आइतवार राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हमाल शुक्रबार मन्त्री नियुक्त भएका थिए । उनले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।