सुनको मूल्य बढ्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं

आज पनि ​सुनको मूल्य बढेको छ । बिहीबार तोलामा ९० हजार ४०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९० हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९० हजार १५० मा कारोवार भएको छ । यस अघि बिहीबार तेजावी सुन रु ८९ हजार ९५० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० तोकेको छ ।