काठमाडौ,
बुधवार थप एक हजार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ४६५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९९ हजार ६१५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ४६५ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख ५६ हजार ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८९१ जनाले कोरोना जितेका छन् । यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ७२ हजार २२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १९२ दुई पुगेको छ।
प्रतिक्रिया