काठमाडौँ – आज असोज कृष्णपक्षको अन्तिम दिन । यस दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने परम्परा छ ।
पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने जनविश्वास छ । यजमान (श्राद्ध गर्ने कर्ता) को संख्या बढेसँगै पुरोहित भ्याइनभ्याइ छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।
दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता श्ष्कान्त उपाध्याय बताउनुहुन्छ ।
उहाँका अनुसार हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्छन् ।
प्रतिक्रिया