धतुरो किन भगवान् शिवको प्रिय छ ? यस्ता छन् उपयोगिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

धतुरो नामक बनस्पति भगवान शिवको प्रिय हो । शिवको पूजामा नियमित चढाइन्छ । धार्मिक रुपले मात्र नभइ आयुर्वेदिक दृष्टिले पनि यो निकै उपयोगी छ । धतुरोको पातहरु र यसको रस आयुर्वेदमा औषधिको रूपमा प्रयोग गरिन्छ।

यस्ता छन् यसका फाइदा

धतुरोले छिटो निको हुन्छ । यसमा एन्टीसेप्टिक गुण पाइन्छ, जसले चाँडै गहिरो घाउहरुलाई निको पार्छ। तर यदी घाउ निकै गहिरो छ भने यसको प्रयोग गर्नुहुँदैन । धतुरोमा एन्टीइन्फ्लेट्री गुण पाइन्छ । जसका कारण यसले सामान्य चोट लाग्दा या सामान्य सुजनलाई कम गर्न सहयोग गर्दछ ।

कानदुखेको छ या कुनै घाउन भएको छ भने धतुरोको प्रयोग गर्न सकिन्छ । किनभने यसमा इन्फेल्मेट्री गुण पनि पाइन्छ । यद्यपि बच्चाको कानमा प्रयोग गर्नुभन्दा पहिले आयुवेर्दिक डाक्टरसँग सल्लाह लिनुहोस् ।

धतुरो शरीरलाई गर्मि राख्ने फल हो । वैज्ञानिक रूपमा धतुरो सीमित मात्रामा लिदा औषधिको काम गर्छ । तर, ज्यादा लिदा यो शरीरका लागि हानिकारक हुनसक्छ ।

जोर्नी दुखाईबाट राहत मिल्छ । जोर्नीबाट दुखाईबाट हैरान हुनु भएको छ या खुट्टा सुन्निएको छ भने धतुरोको पात पिसेर यसको लेप लगाउन सकिन्छ । त्यस्तै, कुनै पनि घरेलु उपचार लिनु अघि, तपाइँले एक पटक एक आयुर्वेदिक डाक्टरसँग परामर्श गर्नु पर्छ।