काठमाडौ
संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा सिभिल बैंकका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ सहित १२ जना पक्राउ परेका छन् । केन्द्रिय अनुुन्धान व्युरो (सिआईबी) ले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकर प्रसाद पाठक, संगित श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजय विक्रम शाह र हरिहर लामिछाने रहेको सिआईबीले जानकारी दिएको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाट रकम झिक्नको लागि पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले उनीहरुविरुद्ध उजुरी गरेका थिए ।
१३७ जना पिडित वचतकर्ताहरुले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार आठ सय २१ रुपैया ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा संलग्न व्यक्तिहरु पक्राउ गरि आवश्यक कानूनी कारवाही प्रकृया सुरु गरेको सिआईबीले जनाएको छ ।
सिआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।
यि हुुन पक्राउ पर्ने व्यक्तिहरु
१. नाम थरः– इच्छाराज तामाङ
वतनः जिल्ला काठमाण्डौं, किर्तिपुर ट्याङलाफाँट
वर्षः– ५७
पदः– सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पुर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष
२. नाम थरः– केशवलाल श्रेष्ठ
वतनः का.ज. का.म.नपा.१६
वर्षः– ६२
पदः– संचालक समितिको अध्यक्ष
३ः नाम थरः– भगवान बहादुर सिंह
वतनःका.जि.का.म.न.प.।१२
वर्षः६२
पदः सहजकर्ता प्रबन्धक
४ः नाम थरः मायोनानी महर्जन
वतनः क.जि.किर्तिपुर .पा. वडा नं ९
वर्षः ५०
पदः– जुनियर असिसटेन्ट मेनेजर
ः० नाम थरः एलिना तुलाधर
वतन ः जि। भक्तपुर, भक्तपुर न.पा. वडा नं. ११
वर्षः ४४
पदः जुनियर असिसटेन्ट मेनेजर
६ः नाम थरः शंकर प्रसाद पाठक
वतन ः जि। झापा साबिक अर्जुनधारा गा. विव.स. वडा नं। ९
वर्षः ४५
पदः जुनियर अधिकृत
७ः नाम थरः संगित श्रेष्ठ
वतन ः जि। काभ्रे साबिक गोकुले गा.बि.स. वडा नं। ५
वर्षः२५
पदः असिसटेन्ट
८ः नाम थरः राकेश महर्जन
वतन ःजि। काठमाण्डौं किर्तिपुर नगरपालिका वडा नं। ९
वर्षः ३३
पदः लेखा अधिकृत
ः९ नाम थरः बुद्धराज तामाङ
वतनःस्जि।सिन्धुली दुधौली न।पा। वडा नं। ७ हाल जि। काठमाण्डौं
बुढानिलकण्ठ न।पा ६
वर्षः ४०
पदः जुनियर साहयक प्रबन्धक
१०ः नाम थरः कौस्तुभ केतन ढुंगाना
वतनःजि। काठमाण्डौं बुढानिलकण्ठ न।पा –६
वर्षः ३७
पदः जुनियर सहायक प्रबन्धक
११ः नाम थरः विजय विक्रम शाह
वतनः जि. नुवाकोट विदुर नगरपालिका वडा नं। २
वर्षः ४३
पदः सिभिल होम्सका वरिष्ठ प्रबन्धक
१२ः नाम थरः हरिहर लामिछाने
वतनः जि। मकवानपुर चित्तलाङ वडा नं। ८ घर भई हाल का।म।न।पा। १४, कलंकी
वर्षः ४६
पदः पूर्व लेखा समिति सदस्य
प्रतिक्रिया