शक्तिशाली र आर्थिक चलखेल हुने मन्त्रालयमा धमाधम सरुवा, कर्मचारी प्रशासनमा वेथिति मौलाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ

सरकारले १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । शुक्रबार गृहमन्त्रीस्तरीय बैठकले १० जिल्लाका सिडियोको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले सहसचिव र सचिव गरी १६ जनालाई काज सरुवा गरी विभिन्न जिल्लामा पठाएको गृह मन्त्रालयले जनाएको छ। भोजपुरको प्रजिअमा कमलराज ढकाल, कास्कीमा जयनारायण आचार्य, लमजुङमा सुशिल वैद्य र डोटीको प्रमुख जिल्ला अधिकारीमा शंकरबहादुर बिष्टलाई सरुवा गरिएको हो।

यस्तै मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्र प्रसाद आचार्य, डडेलधुरामा मोहनराज जोशी, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैशी र तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा अनोजकुमार घिमिरेलाई सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले ३ महिना हुन लागिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । तर कर्मचारी सरुवा भने तीव्र रुपले अघि बढेको छ । सरकारले निजामती कर्मचारी सरुवाको मापदण्डलाई समेत ख्याल नगरी मन्त्रालय र विभागका प्रमुख फेरेको छ। खासगरी शक्तिशाली, आर्थिक चलखेल हुने मन्त्रालय र विभागका कर्मचारीको सरुवा नियम विपरित भएको छ ।

संघिय मन्त्रालय स्रोतका अनुसार तीन दिनयता ४४ जना उपसचिवको सरुवा भएको छ । यसअघि गत भदौ २९ गते मन्त्रिपरिषद्ले एकै पटक ८५ सहसचिव सरुवा गरेको थियो । त्यस्तै मंगलबार थप ६ जना सहसचिवको तथा बिहीबार गृहका १५ जना उपसचिवको सरुवा गरिएको स्र्रोतले वतायो ।

कर्मचारीहरु नै सरुवा प्रति सन्तुष्ट छैनन् । ओली नेतृत्वको सरकारले कर्मचारी परिचालनमा गरेको बेथितिलाई देउवा सरकारले पनि निरन्तरता दिन खोजेको उनीहरुको भनाइ छ। अहिले जुन मन्त्रालय प्रधानमन्त्रीदेउवाको काँधमा छ पहिलो चरणमा उनकै मातहतमा रहेको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रमुख फेरिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र पर्यटन विभागको महानिर्देशक पनि परिवर्तन भएका छन् ।