५६ अंकले घट्यो नेप्से, १३ वटा समुह नै राताम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ
साताको पहिलो दिन पनि नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से ५५ दसमलव ९३ अंकले घटेर २५ सय ७७ दसमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ ११ दसमलव सात अंकले घटेर चार सय ८५ दसमलव ९८ अंकमा पुुगेको छ ।

दुई सय ३२ वटा कम्पनीहरुको ५२ हजार तीन सय ९१ पटकको कारोवारमा ८९ लाख ४८ हजार नौ सय ३७ कित्ता सेयर किनबेच हुंदा कुुल सेयर कारोवार रकम चार अर्ब ११ करोड ३८ लाख १४ हजार दुई सय ४६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव २६ अंंकले घटेर १८ सय ४० दसमलव १४ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ९७ दसमलव १२ अंकले घटेर दुई हजार एक सय ४६ दसमलव १६ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८८ दसमलव पाँच अंकले घटेर ११ हजार तीन सय ४६ दसमलव ७६ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने गुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।