कोरोना संक्रमित हुने भन्दा निको हुने दोब्बर बढि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार थप ६७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १४०५ जनाले कोरोना जितेका छन् ।यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ६९ हजार २२४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ९२० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९७ हजार ९९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ९२० जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख २८ हजार १६३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप सात को मृत्यु

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १६४ दुई पुगेको छ।