खाली पेट लसुन खानुस्, यस्ता कुरामा लाभ मिल्नेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं — मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । एकाबिहानै लसुन खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।

लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।

लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।

एजेन्सी