एमालेको विधान महाधिवेशन आज सकिदै, के निस्केला निष्कर्ष?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ
असोज १५ देखि जारी नेकपा एमालेको विधान महाधिवेशन आज आइतबार सम्पन्न हुँदै छ।ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा अन्तिम दिनको छलफल विहनन ८ बजेदेखि भैरहेको छ ।

अहिले समूहगत छलफल चलेको छ भने पार्टी अध्यक्षलगायतले जवाफ दिएपछि महाधिवेशन सकिनेछ

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिनेछन् भने महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन तथा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिने कार्यक्रम छ।

साथै कार्यक्रममा विहानको छलफल सकिएपछि पत्रकारलाई हलमा प्रवेश दिइने जनाइएको छ । जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ।