काठमाडौ
शुक्रवार थप एक हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ३६८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९५ हजार ९५९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ३६८ जनाको परीक्षण भएको छ । हालसम्म ४२ लाख १५ हजार ५९५ जनाको पीसीआर परीक्षण गरिएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ९३८ जनाले कोरोना जितेका छन् ।यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ६६ हजार ६९६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १४८ दुई पुगेको छ।
प्रतिक्रिया